नेपाल इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, अनुमति माग्दै बोर्डमा आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2017 | 11:58:42 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड धितोपत्र बोर्ड पुगेको छ । बोर्डले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो  । 

कम्पनीको भदौ ३० मा बसेको साधारणसभाले हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो  । अनुमति पाएपछि कम्पनीले ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  । हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  

हाल कम्पनीको चुक्ता पुंजी ३० करोड १९ लाख रहेकोमा हकप्रद निष्काशनपछि ६० करोड ४० लाख पुग्ने छ  । सबै निर्जीवन बिमा कम्पनीले आगामी असार मसान्तसम्म १ अर्ब चुक्ता पुंजी पुर्याउनु पर्ने हुन्छ  । त्यसको लागि कम्पनीले अझै ३९ करोड ६० लाख पुंजी थप गर्नु पर्ने हुन्छ  ।  

कम्पनीले चालु आर्थिक बर्षी पहिलो त्रैमासमा २ करोड ६५ लाख खुद नाफा कमाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved