५ दिनमा ४८ अंकले घट्यो सूचक, अन्तिम दिन ४७ करोडको कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2017 | 01:22:29 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ  । आज नेप्से सूचक १२.३२ अंकले घटेर १४७२.१५ को बिन्दुमा पुगेर रोकिएको छ  । यस सातामात्र नेप्से सूचक ४८ अंकले ओरालो लागेको छ   

आज कारोबारमा आएका १ सय ५३ कम्पनीका ९ लाख ९० हजार ९ सय ८ कित्ता शेयर खरिद बिक्रिबाट ४७ करोड ५८ लाख ३७ हजार ४ सय ११ रुपियाँको कारोबार भएको छ  

आज कारोबारमा आएका उत्पादन समुह बाहेकका सबै समुहगत सूचक घटेका छन्  ।

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबै भन्दा धेरै ३ करोड ७७ लाखको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नेपाल टेलिकम, मुक्तिनाथ विकास बैंक, जनता बैंक, एभरेस्ट बैंक लगायत रहेका छन्  ।

आज महुली लघुवित्तका लगानीकर्ताले सर्बाधिक ६.०४ प्रतिशत कमाएका छन् भने विजय लघुवित्तका लगानीकर्ताले सर्बाधिक ५.६९ प्रतिशत गुमाएका छन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved