शतप्रतिशत बोनस प्रस्ताब गरेको स्ट्याण्डर्ड चार्टडको बुक क्लोज तय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 22, 2017 | 08:30:35 AM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टड बैंकले साधारणसभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ। बैंकको पुष ३ मा बसेको संचालक समितिको बैठकले पुष २६ गते डाकेको साधारणसभाका लागि पुष १६ देखि पुष २६ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। 

पुष १६ गतेदेखि बुक क्लोज हुने भएकाले पुष १५ सम्म कायम शेयरधनीहरुले मात्र चार्टड बैंकको कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद लाभांश सहित १०५.२६ प्रतिशत लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन। 

बैंकले गत आर्थिक बर्षको कमाई र जगेडा कोषको रकम उपयोग गरि शतप्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो। साधारणसभाबाट लाभांस प्रस्ताब पारित भएपश्चात पुष १५ सम्म कायम शेयरधनीले लाभांश पाउनेछन।     

शतप्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्नेछ। बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४८ करोड २५ लाख ३१ हजार रुपैया खुद मुनाफा गरेको छ।  












 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved