इक्रा नेपालको एकाधिकार तोड्दै केयर रेटिङ्गसको कारोबार सुरु, स्वदेशी लघुवित्तको रेटिङ्गस गर्दै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 22, 2017 | 08:47:39 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय तथा नेपाली लगानीकर्ताको संयुक्त लगानीमा खुलेको केयर रेटिङ्गस् नेपालले नेपालमा आफ्नो कारोबार शुरुवात गरेको छ। ईक्रा नेपालको एकाधिकार तोड्दै केयर रेटिङ्गस् नेपालले नेपालमा आफ्नो कारोबार थालेको हो। 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले केयर रेटिङ्गस् नेपालको उद्घाटन गरेका हुन। उद्घाटन अवसरमा बोल्दै ड़ा कार्कीले नेपालको बजार सम्भाव्यताका आधारमा तथा वित्त बजारमा बढी पारदर्शीता ल्याउने उद्धेश्यका साथ कम्पनीलाई अनुमतिपत्र प्रदान गरिएको बताए ।   

कम्पनीले गत कात्तिक ३० गते नेपाल धितोपत्र बोर्डबाट नेपालमा क्रेडिट रेटिङ्ग व्यवसाय सञ्चालन गर्नका लागि अनुमतिपत्र प्राप्त गरेको थियो। कम्पनीले पहिलो व्यवसायको रुपमा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको रेटिङको काम गर्ने भएको छ।  

 भारतको दोस्रो ठूलो क्रेडिट रेटिङ कम्पनी केयर रेटिङसंगको सहकार्यमा नयाँ एजेन्सी स्थापना गर्ने सम्बन्धमा भदौ १५ गते विशाल ग्रुप र इमर्जिंग नेपालले त्रिपक्षीय सम्झौता गरेका थिए।  

सर्वसाधारणमा सार्वजनिक रुपमा सेयर निष्काशन गराउन चाहने कम्पनीहरुले क्रेडिट रेटिंग गराउनु पर्ने व्यवस्था छ । नेपालमा ३ करोड भन्दा बढीको सेयर तथा डिवेन्चर जारी गर्दा रेटिङ गर्नुपर्ने प्राबधान छ। क्रेडिट रेटिङले कम्पनीको वास्तविक अवस्थाबारे जानकारी दिन्छ।  

कम्पनीले साधारण शेयरको स्तर निर्धारण, ऋणपत्र, डिबेन्चर्स, व्यापारिक कागजात, बैंक निक्षेप, सामुहिक लगानी कोष (म्युचुअल फन्ड), अग्राधिकार शेयर निष्काशन गर्ने कार्यका लागि समेत स्तर निर्धारण सेवा (रेटिङ्ग) उपलव्ध गराउने छ ।

यसका साथै कम्पनीले इन्स्योरेन्स कम्पनीहरु, सम्पत्ति व्यवस्थापन कम्पनीहरु एवं साना तथा मझ्यौला उद्यमहरुलाई समेत शेयर (आइपिओ) को स्तर निर्धारण सेवा प्रदान गर्ने छ ।

२ करोड चुक्ता पुंजीमा स्थापना गरिएको केयर रेटिगं (नेपाल) लिमिटेडमा भारतीय कम्पनी केयर रेटिङको ५१ प्रतिशत, विशाल ग्रुपको १९ प्रतिशत र इमर्जिगं नेपालको १० प्रतिशत शेयर स्वामित्व छ। बाँकि २० प्रतिशत शेयर ग्लोबल आइएमइ बैंक, पुर्नबिमा कम्पनी नेपाल, प्रुडेन्सियल इन्सुरेन्स र लाइफ इन्सुरेन्स कम्पनी लगायतका नेपालका बैंक तथा वित्तीय संस्थाहरु तथा व्यक्तिहरुलाई छुट्याइएको छ। 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved