५५ प्रतिशत नगद लाभांश प्रस्ताब राखेर टेलिकमले डाक्यो साधारणसभा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 24, 2017 | 10:13:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसंचार कम्पनी (एनटिसी) ले ५५ प्रतिशत नगद लाभांश प्रस्ताब सहित बार्षिक साधारणसभा डाकेको छ। कम्पनीले पुष ३० गतेका लागि साधारणसभा डाकेको जनाएको छ। 

टेलिकमले साधारणसभा प्रयोजनका लागि पुष १२ देखि पुष ३० सम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। तसर्थ पुष ११ सम्म कायम शेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र ५५ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन। 

त्रिभुवन आर्मी क्लब, काठमाडौंमा बिहान १० बजे साधारणसभा डाकिएको छ। कम्पनीले गत आर्थिक बर्ष १५ अर्ब १ करोड खुद मुनाफा गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved