सिद्धार्थ क्यापिटलको 'सिद्धार्थ ईक्विटी ग्रोथ स्किम वान' मा १० रुपैयाँ लगानी गर्नेले ५ बर्षमा कति कमाए ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 24, 2017 | 12:26:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सामुहिक लगानी कोष नियमावली कार्यान्वयनमा आएपछि सिद्दार्थ क्यापिटलले पहिलोपटक बिक्रि गरेको म्युचुअल फण्ड 'सिद्धार्थ ईक्विटी ग्रोथ स्किम वान' को नेपाल स्टक एक्स्च्नेजमा बिक्रि बन्द गरिएको छ। 

सिद्दार्थ क्यापिटलले आजको ठिक ५ बर्ष अगाडी २५ डिसेम्बर २०१२ मा ल्याएको पांच बर्षिय मुचुअल फन्डको अवधि आज अर्थात पुष ९ गते पुरा भएकाले नेप्सेमा यस लगानी कोषको इकाई बिक्रि बन्द गरिएको हो। 

क्यापिटलले पांच बर्ष अगाडी ल्याएको पचास करोडको सामुहिक लगानी कोष योजनाको इकाईमा प्रति इकाई १० रुपैयाँ लगानी गर्नेले कति कमाए होलान ? यो आम लगानीकर्ताले जान्न चाहेको बिषय हो। 

पचास करोडको नेटवर्थ बढेर १ अर्ब ७ करोड हाराहारी पुग्दा ५ बर्ष अगाडी प्रति इकाई १० रुपैयाँ लगानी गर्नेले २३४ दशमलब ५० प्रतिशत कमाई गरेका छन। अर्थात सिद्दार्थ क्यापिटलको पहिलो सामुहिक लगानी कोषमा ५ बर्ष अगाडी प्रति इकाई १० रुपैयाँ लगानी गर्नेले करिब २३ रुपैयाँ ५० पैसा कमाएका छन। 

पांच बर्ष पहिले सिद्दार्थ क्यापिटलले १० रुपैयाँको दरले बेचेको इकाईको पछिल्लो खुद मूल्य २१ रुपैयाँ ३३ पैसा छ। योजना समाप्त भएको तीन महिनाभित्र सेयरलाई रुपैंयाँमा बदलेर लगानी कर्तालाई दामासाहीले बाँड्नुपर्ने व्यवस्था छ। जस अनुसार सम्भवत इकाईधनीले अनुमानित प्रति इकाई २२ रुपैयाँ पाउनेछन।

क्यापिटलले सिद्धार्थ ईक्विटी ग्रोथ स्किमले किनेका सेयरहरु (लिलाम मार्फत) बेचेर ईकाईधनीलाई तीन महिना भित्र लगानी र प्रतिफल फिर्ता गर्ने  छ। कति फिर्ता गर्ने छ त्यसको यकिन गर्न नसकीएपनि सम्भवत प्रति इकाई २१ वा २२ रुपैयाँ फिर्ता गर्नेछ। 

यदि क्यापिटलले प्रति इकाई २२ रुपैयाँ फिर्ता गरेको अवस्थामा इकाईधनीले प्रति इकाई १२ रुपैयाँ कमाउनेछन। त्यस्तै क्यापिटलले पांच बर्षको अवधिमा १२४ दशमलब ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ। पहिलो बर्ष ४।५, दोस्रो बर्ष १५, तेस्रो बर्ष १५, चौथो बर्ष ३० र पाँचौ तथा अन्तिम बर्ष ६० प्रतिशत नगद लाभांश वितरण गरेको छ। अर्थात ५ बर्षमा कुल १२ रुपैयाँ ४० पैसा नगद लाभांश वितरण गरेको छ। 

त्यस्तै अन्तिम मुल्य २२ रुपैयाँ हुँदा इकाईधनीले प्रति इकाई १२ रुपैयाँ कमाई गर्नेछ। अर्थात ५ बर्षमा वितरण गरेको नगद लाभांश १२ रुपैयाँ ४० पैसा र अन्तिम खुद मुल्यबाट हुन आएको १२ रुपैयाँ गर्दा इकाईधनीले ५ बर्षको अवधिमा प्रति इकाई २४ रुपैयाँ ४० पैसा कमाई गरेको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved