जनता बैंक र हिमालयन बैंकको शेयर मूल्य समायोजन, हेर्नुस कसको कति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2017 | 09:11:20 AM मा प्रकाशित

laxmi  sunrise bank

मगलबार नेपाल स्टक नेप्सेले २ बाणिज्य बैंकको मूल्य समायोजन गरेको छ । आज नेप्सेले जनता बैंक र हिमालयन बैंक लिमिटेडको मूल्य समायोजन गरेको हो ।

जनता बैंकको समायोजनपछिको मूल्य २०४ रुपियाँ  कायम भएको छ । १४.४ प्रतिशत बोनसको लागि बैंकले बुक क्लोज गरेपछि कम्पनीको शेयर मूल्य समायोजन भएको हो । कम्पनीको औसत आधार मूल्य २ सय ५३ रुपियाँ रहेको छ ।

त्यस्तै हिमालयन बैंकको २५ प्रतिशत बोनस पछि कम्पनीको शेयर मूल्य समायोजन भएको छ । समायोजनपछि बैंकको शेयर मूल्य ६ सय ७१ रुपियाँ कायम रहेको छ । कम्पनीको औसत आधार मूल्य ८ सय ५९ रुपियाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved