४ सय प्रतिशत हकप्रद निष्काशनको लागि ग्रीन डेभलपमेन्ट बैंकको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2017 | 11:22:37 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशनको लागि ग्रीन डेभलपमेन्ट बैंकको बुक क्लोज मिति तय भएको छ।  बैंकले प्रति कित्ता १०० रुपैयाँका दरले १०० बराबर ४०० कित्ता अर्थात ४०० प्रतिशतका दरले हकप्रद निष्काशन गर्न लागेको हो । 

हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  ।  

बैंकले अब ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद बिक्रि गर्ने छ। हकप्रद बिक्रिका लागि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। 

बैंकको माघ २८,२०७३ मा बसेको चौथो बार्षिक साधारणसभा मार्फत ४०० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित भएको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ५० करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी १० करोड छ। बैंकले न्युनतम चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्नेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved