नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक ९ महिना यताकै न्यून बिन्दुमा, १० प्रतिशतले बढ्यो महुलिको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2017 | 01:22:23 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ  । आज नेप्से सूचक २०.६४ अंकले घटेर १४४७.०४ को बिन्दुमा पुगेर रोकिएको छ   । यो ९ महिना यता कै न्यून बिन्दु हो   । 

आज कारोबारमा आएका १ सय ५९ कम्पनीको १० लाख ३८ हजार २ सय ९८ कित्ता शेयर खरिद बिक्रिबाट ५४ करोड २ लाख ९१ हजार १ सय ४४ रुपियाँको कारोबार भएको छ   । 

आज कारोबारमा आएका अन्य समुह बाहेकका सबै समुहगत सूचक घटेका छन्   । 

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबै भन्दा धेरै ८ करोड ३३ लाख बराबरको कारोबार भएको छ   । अन्य बढी कारोबार हुनेमा नेपाल टेलिकम, एभरेस्ट बैंक, चिलिमे हाइड्रो, नेपाल बैंक लगायत रहेका छन्   । 

आज महुली लघुवित्तका लगानीकर्ताले सर्बाधिक १० प्रतिशत कमाएका छन् भने प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले सर्बाधिक ६.७ प्रतिशत गुमाएका छन्   । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved