सामुदायीक लघुवित्तलाई तीन लाख कित्ता आईपीओ निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 26, 2017 | 08:14:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्काशनको अनुमति पाएको छ। लघुवित्तले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशनको अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। 

सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी १० करोड पुग्नेछ भने शेयर स्वामित्व संस्थापक तर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको छ। लघुवित्तले हाल ३२ वटा शाखा मार्फत १५ जिल्लामा लघुवित्त सेवा दिंदै आएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved