एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2017 | 08:55:19 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकको  ३३ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज पुस १२ गते अन्तिम दिन रहेको छ । 

बैंकले पुस २८ गते साधारण सभा डाकेको छ । बैंकले बिहान ११ बजे लैनचाैर व्यांक्वेटमा २३ औं बार्षिक साधारण सभा डाकेको हो ।

साधारण सभाले यस अघि बैंकको संचालक समितिको बैठकले प्रस्ताव गरेको  ३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।  

बैंकले साधारण सभाका लागि पुस १३ गतेदेखि पुस २० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।  पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारणसभामा भाग लिन र बोनस प्राप्त गर्ने सक्ने छन्  । 

साधारण सभाका अन्य एजेण्डाहरुमा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक ( ३ संस्थापक, २ साधारण, प्राबिधिक सेवा र व्यवस्थापन प्रदान गर्ने बैंकबाट १ जना) नियुक्ति, भ्रमण खर्च ( नेपाल र भारत भ्रमण गर्दा दैनिक भत्ता १२ हजार तथा अन्य देशमा ५५० अमेरिकि डलर र वास्तविक खर्च) व्यवस्था थप गर्ने, र लेखापरिक्षक नियुक्ति गर्ने लगायतका रहेका छन् ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ पुग्छ । ३३ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड नाघ्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved