एनटिसीको बुक क्लोज मिति परिवर्तन, हेर्नुस कहिले सम्म कायम शेयरधनीले पाउनेछन् लाभांश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2017 | 09:49:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसंचार कम्पनी (एनटिसी) ले साधारणसभा प्रयोजनको लागि यस अघि कायम गरेको बुक क्लोज मिति परिवर्तन गरेको छ । कम्पनीले ५५ प्रतिशत नगद लाभांश प्रस्ताब सहित पुष ३० गतेका लागि साधारणसभा डाकेको छ। 

टेलिकमले साधारणसभा प्रयोजनका लागि यस अघि पुष १२ देखि पुष ३० सम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकोमा अब त्यसलाई परिवर्तन  गरी पुस १६ गतेदेखि ३० गतेसम्म कायम गरेको छ । 

अब  पुष १५  सम्म कायम शेयरधनीहरुले साधारणसभामा सहभागी हुन र ५५ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन। 

त्रिभुवन आर्मी क्लब, काठमाडौंमा बिहान १० बजे साधारणसभा डाकिएको छ। कम्पनीले गत आर्थिक बर्ष १५ अर्ब १ करोड खुद मुनाफा गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved