स्ट्याण्डर्ड चार्टड बैंकको शत प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2017 | 08:13:35 AM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टड बैंकको शत प्रतिशत बोनस सुरक्षित गर्ने आज पुस १३ गते अन्तिम दिन रहेको छ ।  बैंकको पुष ३ मा बसेको संचालक समितिको बैठकले पुष २६ गते डाकेको साधारणसभाका लागि पुष १६ देखि पुष २६ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। पुस १६ गते बुक क्लोज गर्ने भएकोले आज पुस १३ गतेसम्म कायाम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र बोनस प्राप्त गर्ने छन्  ।  

  बैंकले शत प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद लाभांश सहित कुल  १०५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीलेप्र्पट गर्ने छन् ।  

बैंकले गत आर्थिक बर्षको कमाई र जगेडा कोषको रकम उपयोग गरि शतप्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो। शतप्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्नेछ। बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४८ करोड २५ लाख ३१ हजार रुपैया खुद मुनाफा गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved