४ दिनमा ५७ अंकले घट्यो नेप्से, स्ट्याण्डर्ड चार्टर्ड र टेलिकममा झुम्मिए लगानीकर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2017 | 01:38:04 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार पनि बजार परिसुचाक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक १०.७३ अंकले घटेर १४१४.७८ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६२ कम्पनीका १८ लाख ६१ हजार ६५ कित्ता शेयर खरिद बिक्रि बाट ८१ करोड ६९ लाख ९८ हजार ६ सय २४ रुपियाँको कारोबार भएको छ 

यस साता भर कुल ४ दिन कारोबार भएकोमा सो अवधिमा नेप्से सूचक ५७.३७ अंकले घटेको छ ।

आज अन्तिम दिन स्ट्याण्डर्ड चार्टर्डको सर्बाधिक २२ करोड र नेपाल टेलिकमको १० करोडको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रबु बैंक संस्थापक शेयर र ज्योति विकास बैंकको संस्थापक शेयर रहेका छन् । 

आज कारोबारमा आएका ट्रेडिङ, होटेल र अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज पनि महुली लघुवित्तका लगानीकर्ताले सर्बाधिक १० प्रतिशत कमाएका छन् भने नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले सर्बाधिक ५ प्रतिशत गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved