प्रुडेन्शियल इन्सुरेन्सको हकप्रद बिक्रि खुला, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2017 | 08:43:56 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्शियल इन्सुरेन्सले आज पुस १६ गतेदेखि हकप्रद निष्काशन गर्दै छ । इन्स्योरेन्सले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले १२ करोड ८३ लाख मूल्य बराबरको १२ लाख ८३ लाख कित्ता हकप्रद निष्काशन गरेको  हो । हकप्रद निष्काशनको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक चयन भएको छ ।  

 हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले मङ्सिर १५ बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले पुस १६ गतेदेखि माघ २१ गते सम्म हकप्रद भर्न सक्ने छन्   । 

बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको कार्यलय बबरमहल, प्रुडेन्शियल इन्सुरेन्सको शाखाहरु र आश्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट हक्प्रद्को लागि आवेदन दिन सकिने छ । 

कम्पनीको मङ्सिर ५  गते बसेको संचालक समिति बैठकले २० प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश  र बोनस वितरणपछि ३० प्रतिशत हकप्रद समेत निस्काशन गर्ने निर्णय गरेको थियो  । 

 बोनस वितरणपछि कम्पनीको पूँजी ४२ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने  ३० प्रतिशत हकप्रद बिक्री पछि चुक्तापुंजी ५५ करोड  नाघ्नेछ । यस आर्थिक बर्षको अन्त्यसम्ममा सबै निर्जीवन बिमा कम्पनीले चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved