मेगाको ६५ प्रतिशत हकप्रद सेयर बाँडफाँड, अवितरित १८ लाख कित्ता सेयर लिलामी हुदै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 31, 2017 | 09:15:41 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकको ६५ प्रतिशत हकप्रद शेयरको बाँडफाँड भएको छ। बैंकको मङ्सिर २८ मा सम्पन्न संचालक समितिको बैठकले रितपुर्वक आबेदन दिने १ लाख ४८ हजार ८४७ आवेदकलाई २ करोड ७९ लाख ४४ हजार २९५ कित्ता हकप्रद बांडफांड गरेको छ।

आफ्नो हक भन्दा बढी दाबी गरि आबेदन दिने शेयरधनीहरुको रकम सम्बन्धित संकलन केन्द्रबाट नै फिर्ता भुक्तानी गरिने बैंकले १० बराबर ६.५ कित्ता सेयर अर्थात ६५ प्रतिशतका दरले भदौ २७ देखि कात्तिक १४ सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो।  

बैंकले हकप्रदमा अवितरित १८ लाख ४० हजार ७३९ दशमलव ६३ कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्ने जनाएको छ। एक सूचना प्रकाशन गरि निकट भविष्यमा नै हकप्रदमा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्ने बैंकले जानकारी दिएको छ। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत लिलाम बढाबढमा विक्रीमा ल्याउनेछ।

हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ५६ करोड पुग्ने छ ।  बैंकले गत बर्ष  ७९ करोड १४ लाख नाफा गरेको थियो भने बैंकको जगेडा कोषमा रहेको एक अर्ब २८ करोड रहेको छ । बैंकले ८ अर्ब चुक्ता पूँजीको लागि नपुग ४३ करोड करोड रकम बोनसबाट पुर्याउने देखिन्छ  । मेगा र टुरिजम डेभलपमेन्ट बैंक एकीकृत कारोबारको तयारीमा छन। एकीकृत कारोबार पश्चात मेगाको चुक्ता पुंजी ९ अर्ब नाघ्नेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved