लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, के के गर्यो निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2017 | 11:21:56 AM मा प्रकाशित

laxmi  sunrise bank

१२.८२%  बोनस प्रस्ताव पारित गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा २०७४ साल पौष १४ गते काठमाडौंमा सम्पन्न भएको छ। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७३÷०७४ को वासलात, नाफा नोक्सान हिसाव तथा प्रगति विवरण प्रस्तुत गर्नुहुंदै कम्पनीका अध्यक्षमनोहर दास मूलले स्थापनाको पहिलो बर्षदेखि नै लगातार मुनाफा कमाउन सफल यस कम्पनीको समीक्षा वर्षमा पनि अघिल्लो बर्षको तुलनामा ४५% ले बृद्धि भई करिब रु. १ अरब १३ करोड बीमाशुल्क आर्जन गर्न सक्षम भएको जानकारी गराए  । 

बिभिन्न चुनौतिहरुको सामना गर्दै कम्पनीले व्यवसाय बृद्धि गर्दै ग्राहकलाई दिनुपर्ने स्तरीय सेवामा कुनै कमी हुन नदिएको र मुलुकको बीमा बजारमा आफुलाई स्थापित गराउन कम्पनी सफल रहेको जानकारी गराए   । 

आ.व. २०७३÷०७४ मा कम्पनीको चुक्ता पूंजी रु. ३९ करोड रहेको, खुद मुनाफा करिब रु. १७ करोड ९३ लाख रहेको र सभाले सो वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७४÷०७५ मा बांडफांड भएको शतप्रतिशत हकप्रद शेयर समेत जोडी कायम हुन आएको चुक्ता पूंजी रु. ७८ करोडको खुद १२.८२% (७.८ बराबर १ शेयरका दरले) रु. १० करोड बराबर बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

सभाले कम्पनीको जारी तथा चुक्ता पूंजी रु. ८८ करोड पु¥याउने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने ४ जना सञ्चालकमा   मनोहर दास मूल,   विश्वराज रेग्मी,   अरुण राज श्रेष्ठ र   उमेश रेग्मीलाई निर्विरोध निर्वाचित गरेको छ । साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले  मनोहर दास मूललाई सञ्चालक समितिको अध्यक्षमा पुनः चयन गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved