कसरि पर्यो 'इन्स्योरेन्स समुह' मा ज्योति बिकास बैंक ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 31, 2017 | 12:17:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरुलाई तिनीहरुको प्रकृति अनुसार विभिन्न १३ समुहमा बाँडिएको छ। तर विकास बैंकको प्रकति भएको ज्योति बिकास बैंकलाई भने नेप्सेले इन्स्योरेन्स समूहमा राखेको फेला परेको छ।

फरक प्रकृति भएकै ले नेप्सेले हालै मात्र विकास बैंकको समुहलाई बिकास बैंक र लघुवित्त गरि दुई अलग अलग समूहमा अलग्ग्याउने काम भएको छ। तर आजको दिनसम्म पनि ज्योति बिकास बैंक भने इन्स्योरेन्स समुहमा नै रहेको भेटिएको छ। 


ज्योति विकास बैंक इन्स्योरेन्स समुहमा कसरि रह्यो भन्ने बारे बुझ्दा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने अनविज्ञता प्रकट गरेका छन। आफु अहिले कार्यालय बाहिर रहेको जानकारी दिंदै पराजुलिले प्राविधिक कारणले त्यस्तो भएको हुन सक्ने बताउदै तुरुत्न त्यो सच्याइने बताएका छन।   

नेप्सेको स्थापना हुँदा ६ वटा मात्र रहेका उपसमुहलाई पछी २०५८ सालमा टुक्राएर ९ वटा बनाइएको थियो। पछी कम्पनीको प्रकृति अनुसार १३ वटा उपसूचकमा सुचिकृत कम्पनीहरुको कारोबार मापन हुँदै आएको छ। 

२०७४ साउन मसान्तसम्मको तथ्यांक अनुसार सूचीकृत कम्पनीहरूमध्ये १५४ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १६ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन्।पछिल्लो तथ्यांक अनुसार नेप्सेमा ३८ विकास बैंक र ३३ वटा लघुवित्त गरी बिकास बैक समूहमा कुल ७१ वटा रहेका छन।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved