१० कम्पनीको मूल्य समायोजन हुँदा किन भएन ज्योति विकास बैंकको ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2017 | 01:20:03 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार १० कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज स्ट्याण्डर्ड चार्टड बैंक, डिप्रोक्स लघुवित्त, पुर्णिमा विकास बैंक, गरिमा विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, निर्धन उत्थान लघुवित्त, समिट माइक्रोफाइनान्स, युनाईटेड फाइनान्सको शेयर मूल्य समायोजन भएको हो  ।

तर आज नै शेयर मूल्य समायोजन हुनु पर्ने ज्योति विकास बैंकको शेयर मूल्य भने  आईतबार समायोजन हुन् सकेन  । मूल्य समायोजन हुन नसक्दा आज लगानीकर्ताले बैंकको शेयर कारोबार गर्न पाएनन्  ।

किन भएन समायोजन ? 

नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले बैंकले प्रतिबद्दता पत्र नेप्सेलाई पठाउन गरेकाले आज मूल्य समायोजन हुन् नसकेको जनाएका छन्  । उनले भोली मूल्य समायोजन हुने पनि जानकारी दिएका छन्  ।

कतिमा हुन्छ समायोजन ? 

राप्तिभेरी विकास बैंकलाई गाभेको ज्योति विकास बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत र राप्तिभेरीका लगानीकर्तालाई ६ प्रतिशत बोनस शेयर दिने बताएको थियो  । दुई थरी बोनस हुँदा कुन मूल्यलाई आधार मानेर मूल्य समायोजन होला भन्ने अन्योल भएको थियो। नेप्सेका प्रबक्ता पराजुलीले १० प्रतिशतलाई आधार मानेर मूल्य समायोजन गरिने बताए  । बैंकको बिहिबार १७८ रुपियाँमा शेयर कारोबार भएको थियो  । १० प्रतिशतलाई आधार मानेर मूल्य समायोजन गर्दा मूल्य १६१ रुपियाँ कायम हुनेछ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved