आउने भयो आशा लघुवित्तको आइपीओ, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 01, 2018 | 11:38:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा साधारण शेयर निष्काशनको प्रक्रिया अगाडी बढाएको छ। आइपीओ जारि गर्नका लागि लघुवित्तले प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ।

यस सम्बन्धी सम्झौतामा आशा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल तथा प्रभु क्यापिटलका तर्फबाट महाप्रबन्धक सुजिन शाक्यले हस्ताक्षर गरेका छन् । लघुवित्तले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपीओ बिक्रि गर्न लागेको हो।

नुवाकोटको मदनपुरमा केन्द्रिय कार्यालय रहेको लघुवित्तले कुल जारी पुँजीको ३० प्रतिशतले हुन आउने ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। आइपीओ बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड पुग्ने छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved