सकियो ओम डेभलपमेन्ट बैंकको लिलामीको सेयर बोलपत्र खोल्ने काम, कट अफ मूल्य कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 02, 2018 | 07:57:11 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंकको लिलामीको शेयरको बोलपत्र खोल्ने काम सकिएको छ। लिलामीमा सर्वसाधारण तर्फ प्रति कित्ता २२१.५० रुपैयाँ र संस्थापक तर्फ १४१।५० रुपैयाँ या त्यो भन्दा माथि कबुल्नेले ओम डेभलपमेन्ट बैंकको शेयर प्राप्त गरेका छन। 

अर्थात संस्थापक शेयरको कट अफ मुल्य १४१।५० रुपैयाँ र सर्वसाधारण तर्फको शेयरको कट अफ मुल्य २२१.५० रुपैयाँ तय भएको शेयर निस्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ। 

बैंकले सर्वसधारण तर्फ ४६ हजार ८२ कित्ता र संस्थापक तर्फ २ लाख ६ हजार ५८७ कित्ता शेयर लिलाममा राखेको थियो। बैंकले १० बराबर ३ अर्थात ३० प्रतिशतका दरले हकप्रद बिक्रि गर्दा हकप्रदमा अवितरित शेयर लिलाम मार्फत बिक्रि गरेको हो।

बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउन हालै मात्र लाभांश घोषणा गरेको छ। बैंकको १६ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १७.६९ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो। बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १७.६९ प्रतिशतले हुन् आउने ३७ करोड ८२ लाख ७ हजार ३ सय बोनस प्रस्ताव गरेको हो।

लाभांशमा लाग्ने कर भने बैंकले लगानीकर्ताबाट नै लिने प्रस्ताव पारित गरेको छ  ।उक्त प्रस्ताव नेपाल राष्ट बैंकले अनुमति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुने छ  ।

हाल कम्पनीको चुक्ता पुंजी २ करोड १३ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि चुक्ता पुंजी २ अर्ब ५१ करोड पुग्ने छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३ करोड ७४ लाख खुद मुनाफा गरेको छ।     






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved