कृषि विकास बैंकले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2018 | 09:07:54 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस १७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको संचित मुनाफाबाट २० प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।


त्यस्तै बैंकले नेपाल सरकारको हाल कायम फिर्ता नहुने आग्राधिकार शेयर पुँजीमा समेत बार्षिक ६ प्रतिशतले नगद लाभांश वितरण गर्ने समेत प्रस्ताव गरेको छ  । 


उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्ताललाई वितरण हुनेछ । 

 हाल बैंकको चुक्ता पुंजी ७ अर्ब ८ करोड रहेकोमा प्रस्तावित बोनस वितरणपछि चुक्ता पुंजी ८ अर्ब ५० करोड पुग्ने छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved