अघिल्लो दिनको लय नसमाते पनि नेप्सेमा सामान्य वृद्धि, ६३ करोडको कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2018 | 01:28:16 PM मा प्रकाशित

laxmi  sunrise bank

अंग्रेजी नयाँ बर्षको पहिलो दिन ४४ अंकले बढेको नेप्सेले दोस्रो दीनम भने सोहि प्रकारको लय समाप्त सकेन। यद्यपि सूचक भने सामान्य अंकले बढेर बजार हरियो भएर बन्द भएको छ । 

आज नेप्से सूचक २.४४ अंकले बढेर १४३७.२४ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६६ कम्पनीका १२ लाख ६२ हजार ४ सय १७ कित्ता शेयर खरिद बिक्रि हुँदा ६३ करोड ३२ लाख २२ हजार ४ सय १२ रुपियाँको कारोबार भएको छ । 

आज कारोबारमा आएका बैंकिंग , ट्रेडिङ र अन्य बाहेकका सबै सूचक घटेका छन् । 

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबै भन्दा धेरै ६ करोड ५२ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु बैंक, एभरेस्ट बैंक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् । 

आज मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ७.४१ तथा श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ७.२६ प्रतिशत कमाएका छन् । 

आज एभरेस्ट बैंकको अग्राधिकार शेयर मूल्य ६.६ प्रतिशतले घटेको छ भने ललितपुर फाइनान्सका लगानीकर्ताले ४.७ प्रतिशत गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved