प्रिमियर इन्स्योरेन्सको एफपिओमा आवेदन दिने आज अन्तिम दिन, कतिको लागि आवेदन दिनु उत्तम ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2018 | 08:00:41 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्सले पुस १६ गतेदेखि निष्काशन गरेको एफपीओमा आवेदन दिने आज पुस १९ गते अन्तिम दिन रहेको छ ।  इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ७९९ का दरले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर बिक्रि गरेको हो   । 

कम्पनीमा हाल कायम संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न एफपीओ बिक्रि गर्न लागेको हो। कम्पनी शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। 

इच्छुकले आज बुधबार सम्म आबेदन दिन सक्नेछन। प्रिमियर इन्स्योरेन्सको एफपीओमा लगानीकर्ताले न्युनतम १० कित्ता अर्थात ७ हजार ९९० रुपैयाँ बराबरको शेयर र अधिकतम ३००० कित्ता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन सक्नेछन।  

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल, प्रिमियर इन्स्योरेन्स कम्पनी, नारायाणचौर नक्साल, काठमाडौंबाट आबेदन फारम प्राप्त गरि आबेदन दिन सक्नेछन। साथै आफ्नो खाता रहेको आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट समेत अनलाइन मार्फत आबेदन दिन सक्नेछन। 

प्रिमियर इन्स्योरेन्सको एफपीओमा अत्यधिक आबेदन परेको छ। बढी आबेदन परेमा गोलाप्रथाबाट सबैलाई १० कित्ता बाँडफाँड गरिने भएकाले प्रिमियरको एफपीओमा १० कित्ता अर्थात ७ हजार ९९० रुपैयाँ बराबरको शेयर आबेदन गर्दा उचित हुन्छ।   

एफपीओ बिक्रि तथा वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ५१ करोड ४४ लाख पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ४४ करोड ८५ लाख छ। एफपीओ बिक्रि पश्चात कम्पनीको चुक्ता पुंजी ६ करोड ५९ लाखले बढ्नेछ भने उसको जगेडा कोषमा ४६ करोड १० लाख जम्मा हुनेछ। 

कम्पनीले गत बर्षको लाभांश वितरण गर्न बाँकी नै छ। गत बर्ष कम्पनीले १८ करोड खुद मुनाफा गरेको छ भने चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड १२ लाख खुद मुनाफा गरेको छ। कम्पनीले २०७५ असार मसान्तसम्म चुक्ता पुंजी १ अर्ब पुर्याउनुपर्नेछ। दोस्रो बजारमा प्रिमियमको शेयर प्रति कित्ता १३८० (पुष १३ को कारोबार अनुसार) रुपैयाँमा कारोबार भईरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved