दुई दिन बढेको बजारमा तेस्रो दिन ब्रेक, किन खुम्चिदै छ नेप्से र कारोबार रकम ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2018 | 01:14:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अंग्रेजी नयाँ बर्षको पहिलो २ दिन बढेको नेप्सेमा तेस्रो दिन ब्रेक लागेको छ  । आज बुधबार नेप्से सूचक २०.६३ अंकले घटेसंगै दुई दिन बढेको नेप्सेमा ब्रेक लागेको हो । आज कारोबारमा आएका १ सय ५५ कम्पनीका ८ लाख ९० हजार ४ सय ६३ कित्ता शेयर खरिद बिक्रि बाट ४४ करोड ५५ लाख ४६ हजार ५ सय ७५ रुपियाँको कारोबार भएको छ  ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन्  । आज नेपाल टेलिकमको सबै भन्दा धेरै ४ करोड ३० लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, कालिका माइक्रोक्रेडिट , सानिमा माई हाइड्रो लगायत रहेका छन्  ।

आज मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सर्बाधिक ५.६० तथा कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ३.६९ प्रतिशत कमाएका छन्  । 

त्यस्तै महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ६ प्रतिशत तथा खानी खोला हाइड्रोका लगानीकर्ता ५.६६ प्रतिशत गुमाएका छन्  । 

किन घट्दै छ बजार ?

बेच्ने भन्दा किन्ने लगानीकर्ता हाबी हुँदा नेप्सेको वृद्धि दुई दिन पनि टिक्न सकेन। पछिल्लो दुई दिनमा करिब ४६ अंकले बढेको नेप्से बुधबारको कारोबारमा मात्रै २०।६३ अंकले घटेर १४१६ को बिन्दुमा आइपुगेको छ।

पुंजीबजारमा देखिएको निरन्तरको गिरावटलाई बैंकहरुको चर्को ब्याजदरसंग जोडेर विश्लेषण गरिएको छ। तथापि नेप्सेमा गिरावट आउनुको अन्य कारणहरुमा सामुहिक लगानि कोषको भूमिका र नयाँ जिबन बिमा र पाइपलाइनमा रहेका निर्जिबन बिमासंग समेत जोडिएको छ।

केहि म्युचुअल फन्ड संचालकहरुले आफुसंग भएको शेयरको बिक्रि बढाईरहेका छन। जसकारण माग भन्दा आपूर्ति बढ्न गई नेप्सेमा गिरावट जारि छ। त्यस्तै नयाँ जिबन बिमा र पाइपलाइन रहेका निर्जिबन बिमाका संस्थापक शेयरधनीहरुले समेत पैसा जुटाउने स्रोत पुंजीबजारनै बन्दा बिक्रि चाप बढ्न पुगेको छ।

संगसंगै बैंकहरुले ब्याजदर बढाउदै गर्दा लगानीकर्ता आत्तिएका छन भने नजिकिदै गरेको शेयर लोन बापतको ब्याज तिर्ने दिन नजिकिदै गर्दा घाटा खाएरै लगानीकर्ता शेयर बेच्न बाध्य भएका छन। जसले नेप्सेलाई घटाउने तत्त्वको काम गरेको छ।


यो पनि : 

पुंजीबजारलाई ट्रयाकमा ल्याउन बाधक को ? समाधान के ? अम्बिका पौडेलसँगको बिशेष संवाद

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved