नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, के के गर्यो निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2018 | 03:56:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक लि.को २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार  त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमाभएको साधारणसभाले बैंकको आ.व. २०७३÷७४ को संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ । 

बैंकले आ.व. २०७३÷७४ मा रु. २३३.९९ करोड संचालन मुनाफा र रु. १५२.३२ करोड खुद मुनाफा हासिल गरेको छ । 

सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा १५.४२ प्रतिशतका दरले वोनश शेयर र ०.८१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा  बालकृष्ण श्रेष्ठलाई निर्विरोध चयन गरेको छ । 

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७३÷०७४ को वित्तीय विवरण सहितको एकीकृत  वित्तीय विवरण समेत स्वीकृत गरेको छ । 

  सधारणसभाले आ.ब. २०७४÷७५ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स टि.आर. उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक निर्धारण गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved