प्रिमियरको एफपीओमा १ लाख ८४ हजारले गरे आबेदन, बाँडफाँड कहिले ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 04, 2018 | 10:48:59 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गरेको फर्दर पब्लिक अफरिंग (एफपीओ) मा आकर्षण देखिएको छ। एफपीओ निष्काशनको अन्तिम दिनको प्रारम्भिक तथ्यांक अनुसार प्रिमियर इन्स्योरेन्सको एफपीओमा १ लाख ८३ हजार ८०० वटा आबेदन परेको छ। 

'अन्तिम दिनसम्मको प्रारम्भिक तथ्यांक अनुसार १ लाख ८३ हजार ८०० वटा आबेदन परेको छ' एनएमबि क्यापिटलका प्रमुख संचालन अधिकृत कमल न्यौपानेले बिजपाटिलाई भने, 'यो तथ्यांक अन्तिम होइन, केहि तलमाथि हुन सक्छ।' 

न्यौपानेका अनुसार १ लाख ८३ हजार ८०० वटा आबेदनबाट ३ अर्ब २२ करोड ५८ लाख रुपैयाँ बराबरको आबेदन परेको छ। अन्तिम दिन अर्थात पुष १९ गतेमात्र एफपीओमा ८४ हजार ८०० आवेदकबाट १ अर्ब ५० करोड ७२ लाखको आबेदन परेको छ।

इन्स्योरेन्सले पुस १६ गतेदेखि पुस १९ गतेसम्मका लागि एफपीओ निष्काशन गरेको हो। इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ७९९ का दरले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर बिक्रि गरेको हो   

आपूर्ति भन्दा माग बढी भएकाले सबैलाई गोलाप्रथामा सहभागी गराइने निश्चित छ। यसरि हेर्दा करिब ६५ हजार ५६५ जना 'भाग्यमानी' ले मात्र प्रिमियर इन्स्योरेन्सको एफपीओ प्राप्त गर्नेछन। एक महिना भित्र नै इन्स्योरेन्सको एफपीओ बाँडफाँड हुने जनाइएको छ।  

एफपीओ बिक्रि तथा वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ५१ करोड ४४ लाख पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ४४ करोड ८५ लाख छ। एफपीओ बिक्रि पश्चात कम्पनीको चुक्ता पुंजी ६ करोड ५९ लाखले बढ्नेछ भने उसको जगेडा कोषमा ४६ करोड १० लाख जम्मा हुनेछ। 

कम्पनीले गत बर्षको लाभांश वितरण गर्न बाँकी नै छ। गत बर्ष कम्पनीले १८ करोड खुद मुनाफा गरेको छ भने चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड १२ लाख खुद मुनाफा गरेको छ। कम्पनीले २०७५ असार मसान्तसम्म चुक्ता पुंजी १ अर्ब पुर्याउनुपर्नेछ। दोस्रो बजारमा प्रिमियमको शेयर प्रति कित्ता १४४० (पुष २० को कारोबार अनुसार) रुपैयाँमा कारोबार भईरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved