भोलीबाट उन्नति माइक्रोफाइनान्सले आईपिओ बिक्रि गर्दै, भुलेर पनि नगर्नुस ५० कित्ताको लागि आवेदन !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2018 | 11:01:32 AM मा प्रकाशित

laxmi  sunrise bank

भर्खरै प्रिमियर इन्स्योरेन्सको एफपिओ भर्न पैसा जोहो गरेकाहरुले फेरी पैसा ठिक्क पार्नु पर्ने भएको छ  ।   प्रिमियर इन्स्योरेन्सको सार्बजनिक निष्काशनको बिक्रि सकिएको २ दिन पनि नबित्दै फेरी अर्को आईपिओ खुल्दै छ । 

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले भोली पुस २१ गतेदेखि आईपिओ निष्काशन गर्दै छ  ।  कम्पनिले  १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गर्ने छ  । 

कम्पनीले कुल १ लाख ६५ हजार कित्ता मध्ये ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको छ  ।  आईपिओ निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक चयन भएको छ । 

लगानीकर्ताले छिटोमा पुस २५ र ढिलोमा माघ ५ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्  । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ८ सय २० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्  । यस अघि आईपिओमा न्यूनतंम ५० कित्ताको लागि आवेदन दिनु पर्ने बाध्यता रहेकोमा अब भने लगानीकर्ताले १० कित्ताको लागि  पनि  आवेदन दिन सक्ने भएका हुन्  ।  

यस अघिका आईपिओ झैँ उन्नतिको आईपिओमा पनि माग भन्दा बढी आवेदन पर्ने निश्चित झैँ छ  ।  न्यूनतं १० कित्ता मात्रको लागि आवेदन दिन पाईने प्रावधानले पनि आवेदन बढ्ने आंकलन गर्न सकिन्छ  ।  बढी आबेदन परेमा गोलाप्रथाबाट सबैलाई १० कित्ता बाँडफाँड गरिने भएकाले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु अनुचित हुने छ   ।  

इच्छुक लगानीकर्ताले सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबात आवेदन दिन सक्ने छन्  । 

 हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड ८५ लाख रहेकोमा आईपिओ निष्काशनपछि चुक्ता पुंजी ५ करोड नाघ्ने छ । कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासमा १ करोड ६९ लाख खुद नाफा कमाएको थियो । 

रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved