आउने भयो युनियन लाइफको आइपीओ, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ बिक्रि प्रबन्धक नियुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 04, 2018 | 06:07:46 PM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा साधारण जारि गर्ने प्रक्रिया अगाडी बढाएको छ। युनियन लाइफले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता शेयर जारि गर्न लागेको हो।  

इन्स्योरेन्सले आइपीओ निष्काशनका लागि शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ। यस सम्बन्धि सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रवन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन। 

विगत एक वर्षदेखि मर्चेण्ट बैकिङ्ग व्यवसाय गर्दै आएको नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । 

हाल युनियन लाइफको चुक्ता पुंजी १ अर्ब ५० करोड छ। आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब १५ करोड पुग्नेछ। आइपीओ बितरण पश्चात इन्स्योरेन्समा शेयर स्वामित्व सस्थापक तर्फ ७० र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ। चालु आर्थिक बर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ३ करोड ८० लाख खुद मुनाफा गरेको छ। 



 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved