हकप्रदले पनि पाउने गरी पोखरा फाइनान्सले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिनेछ बोनस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2018 | 09:22:30 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखारा फाईनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठक बैठकले गत आर्थिक बर्षको मुनाफाबाट ९.५० प्रतिशत बोनस शेयर र ०.५० नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 पोखरा फाईनान्सले यहि पुस ३० गते देखि १५ प्रतिशत हकप्रद बिक्रि गर्दै छ । हकप्रदले समेत प्रस्तावित लाभांश पाउने भएकाले हकप्रदपछि कायम हुने पुंजीलाई आधार मान्दा लाभांश प्रतिशत परिवर्तन हुने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको पुंजी ६५ करोड ५७ लाख रहेको छ । १५ प्रतिशत हकप्रद बिक्रिपछि कम्पनीको चुक्ता पुंजी ७५ करोड ५१ लाख पुग्ने छ ।

हकप्रदपछिको पुंजीलाई आधार मान्दा लगानीकर्ताले ८.२६ प्रतिशत बोनस शेयर र ०.४३५ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । नियामक निकायले प्रस्तावित लाभांश परिवर्तन गर्न सुझाव दिएमा दर परिवर्तन हुन् सक्ने कम्पनीले स्पष्ट पारेको छ ।

बोनस र हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ८१ करोड ६४ लाख पुग्ने छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved