म्युचल फण्डमा लगानीको अवसर, १ अर्बको 'एनआईसी एसिया ग्रोथ फण्ड ' माघ २ देखि बिक्रिमा आउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2018 | 09:41:27 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया क्यापिटलले माघ २ गतेदेखि एक अर्ब बराबरको 'एनआईसी एसिया ग्रोथ फण्ड ' बिक्रि गर्ने भएको छ  । एनआईसी एसिया बैंकको सहायक कम्पनीको रुपमा रहेको एनआईसी एसिया क्यापिटलले  एक अर्ब रुपैयाँको १० करोड इकाईको म्युचअल फण्ड निष्काशन गर्न लागेको हो ।

अब क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको दश करोड ईकाइ बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात एक करोड पचास लाख इकाई कोष प्रबद्धक एनआइसी एशिया बैंक र क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी आठ करोड ५० लाख इकाई सर्वासाधारणले खरिद गर्न सक्ने छन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम एक सय इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन गर्न सकिने सक्ने छन् । बढी माग आवेदन परेमा क्यापिटलले फण्डको आकार २५ प्रतिशतसम्म बढाउन  सक्ने छ । लगानीकर्ताले माघ ८ गतेसम्म  आस्वा सदस्यमा सहभागि सबै वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्  ।  

याे सामुहिक लगानी कोष सात बर्षे बन्दमुखी योजना हाे ।   

हाल बजारमा १२ वटा यस्ता सामूहिक लगानी कोष सञ्चालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved