कर्णाली डेभलपमेन्ट बैंकले माघ ११ गतेदेखि २२५ प्रतिशत हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2018 | 09:29:54 AM मा प्रकाशित

laxmi  sunrise bank

 कर्णाली डेभलपमेन्ट बैंकले माघ ११ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ  । बैंकले १:२.२५ को अनुपातमा २ सय २५ प्रतिशत हकप्रद निष्काशन गर्ने लागेको हो  ।  अब बैंकले  ३३ करोड ९७ लाख बराबरको ३३ लाख ९७ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।  

हकप्रद निष्काशनको लागि बैंकले पुस २० गते बुक क्लोज गरेकाले पुस १९ गतेसम्म कायम शेयरधनीले हकप्रदको लागि आवेदन दिन सक्ने छन्   । लगानीकर्ताले फागुन १६ गतेसम्म हकप्रद भर्न सक्ने छन्  ।  

लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय कमलादी , कर्णाली विकास बैंकका शाखाहरु, प्रभु बैंकको बिराटनगर , बिरगंज, पोखरा , बुटवल र धनगढी शाखा साथै आश्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्   । 

 हाल बैंकको चुक्ता पुंजी १५ करोड १० लाख रहेकोमा २ सय २५ प्रतिशत हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी ४९ करोड ७ लाख पुग्ने छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ६९ लाख घाटा बेहोरेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved