स्पर्स लघुवित्तले २ लाख ४० हजार कित्ता आईपिओ निष्काशन गर्ने, साधारणसभाबाट प्रस्ताव पारित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2018 | 11:32:06 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्स लघुवित्त वित्तीय संस्थाले २ लाख ४० हजार कित्ता साधरण शेयर निष्काशन गर्ने भएको छ  ।  केन्द्रीय कार्यालय, पोखरा लेखनाथमा शुक्रबार सम्पन्न भएको कम्पनीको पहिलो साधरणसभाले  साधरण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । 

कम्पनीले जारी पुँजी ८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २ करोड ४० लाख बराबरको साधारण शेयर सर्वसधारणको लागि जारी गर्न लागेको हो ।

  साधरणसभाले थप ५ जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव समेत पारित गरेको छ भने संचालक समितिका सदस्य समेत चयन गरेको छ  । संस्थापक समूह अन्र्तगतको ४ जना संचालकमा प्रा.डा. सुशिलभक्त माथेमा, डा. सुरेन्द्र न्यौपाने र जनता बैंकको तर्फबाट अजय कुमार मिश्र गरी निर्बिरोध चयन भएका हुन् । संचालक समितिको अध्यक्षमा प्रा.डा. सुशिलभक्त माथेमा चयन भएका छन् ।

संस्थाको संस्थापकहरुमा  जनता बैंक , टुरिजम डेभलपमेन्ट बैंक तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्  । हाल संस्थाले   १५ वटा शाखा मार्फत करिब ३,४०० सदस्यहरुलाई ११ करोड कर्जा लगानी गरेको र करीब १ करोड ६० लाख बचत संकलन गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved