हकप्रद निष्काशन प्रयोजनार्थ कामना सेवा विकास बैंकको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2018 | 08:59:00 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशन प्रयोजनार्थ कामना सेवा विकास बैंकले बुक क्लोज मिति तय गरेको छ  । बैंकले  १०:१.५ को अनुपातमा १५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो  ।

हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । माघ २ गते सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन्  । 

बैंकके ३० करोड ९४ लाख बराबरको ३० लाख ९४ हजार १ सय ५४ दशमलव ७७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

हाल बैंकको चुक्ता पुंजी २ अर्ब ५ करोड रहेकोमा हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी २ अर्ब ३६ करोड पुग्ने छ । 

बैंकले यस आथिक बर्षको पहिलो त्रैमासमा २० लाख ६१ हजार खुद नाफा कमाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved