दोहोरो अंकले बढ्यो नेप्से, नेपाल लाइफको कारोबार उच्च, कमाउनेमा मल्टिपर्पोज फाइनान्स अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2018 | 01:39:07 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार नेप्से सूचक र कारोबार रकम दुवै बढेको छ । आज नेप्से सूचक १२ अंकले बढेर १४४३.८० को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५७ कम्पनीका ८ लाख ५५ हजार १ सय ३९ कित्ता शेयर खरिद बिक्रि बाट ४६ करोड ४६ लाख ३९ हजार ८ सय २० रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका होटेल समुह बाहेकका सबै समुहगत सूचकहरु बढेका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै ८ करोड २६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बंगलादेश बैंक, एभरेस्ट बैंक, नबिल बैंक , स्ट्याण्डर्ड चार्टड बैंक लगायत रहेका छन् ।

आज मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.०६ प्रतिशत कमाएका छन् भने एनआईबिएल प्रगति फण्डका लगानीकर्ताले सर्बाधिक ५.५ प्रतिशत तथा फस्ट माइक्रोफाइनान्सका संस्थापक लगानीकर्ताले ५.२ प्रतिशत गुमाएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved