उन्नतिको आईपिओमा आवेदन दिने आज अन्तिम दिन, भुलेर पनि नगर्नुस ५० कित्ताको लागि आवेदन !

दुई दिनमा ७० हजार आबेदन!
मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 09, 2018 | 07:58:18 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्सले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर (आइपीओ) मा आबेदन दिने आज अन्तिम दिन हो। माइक्रोफाइनान्सको आइपीओमा पुष २१ देखि पुस २५ अर्थात आजसम्म आबेदन खुला गरिएको हो। 

आइपीओमा न्युनतम ५० कित्ता भर्न पाइने व्यवस्था संसोधित भएकाले लगानीकर्ताले न्युनतम १० कित्ता भर्न पाउनेछन। इच्छुक लगानीकर्ताले सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्  

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ८ सय २० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। उन्नति माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ। 

उन्नति माइक्रोफाइनान्सले बिक्रि खुला गरेको १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओमा दोस्रो दिनसम्म प्रारम्भिक तथ्यांक अनुसार करिब ७० हजार आबेदकबाट २६ करोड बढीको आबेदन परेको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ। 

कम्पनीले कुल १ लाख ६५ हजार कित्ता मध्ये ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको छ।

१५ हजार १५ जनाले मात्र उन्नतिको आइपीओ पाउने भएकाले गोलाप्रथाबाट नै बाँडबाँड हुने पक्का पक्कि भएकाले लगानीकर्ताले १० कित्ताका लागि मात्र आबेदन दिंदा फाइदाजनक हुने विश्लेषण गरिएको छ।    

हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड ८५ लाख रहेकोमा आईपिओ निष्काशनपछि चुक्ता पुंजी ५ करोड नाघ्ने छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४५ लाख ११ हजार खुद मुनाफा गरेको छ। रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved