चिलिमे,नेशनल र सानिमा हाइड्रोको नक्कली सेयर कारोबारी कारबाहीमा, ३ ब्रोकरलाई २२ लाख जरीवाना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2018 | 04:20:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले विभिन्न कम्पनीहरुको नक्कली सेयर कारोबार गर्ने ब्रोकर कम्पनी र तिनका कार्यकारी प्रमुखहरुलाई कारवाही गरेको छ ।

बोर्डले चिलिमे जलविद्युत कम्पनी लि., नेशनल हाइड्रोपावर कम्पनी लि. तथा सानिमा माई हाइड्रोपावर कम्पनी लि. को नक्कली शेयर कारोबार गर्नेहरु  मुद्दा चलाएको हो । साथै तीन वटा ब्रोकर कम्पनीहरुलाई नक्कली कारोबारमा सघाएको ठहरसहित जरिवाना तिराउने निर्णय गरेको छ ।

कारबाहीमा पर्ने ब्रोकरहरुमा श्रीहरि सेक्युरिटिज प्रालि, अग्रवाल सेक्युरिटिज प्रा.लि र सिप्रवी सेक्यूरिटिज प्रा.लि रहेका छन्  ।  सम्पति शुद्धीकरण निवारण ऐन तथा धितोपत्र सम्बन्धी ऐन अनुसार यी कम्पनी र कर्मचारीमाथि कारवाही गरिएको हो । 

बोर्डले चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली शेयर खरीद बिक्री भएको गरेकाे भन्दै  अग्रवाल सेक्युरिटिजलाई रु. दस लाख,  नेशनल हाइड्रोपावर कम्पनी लि.को नक्कली शेयर कारोबारमा समलाग्न भएको भन्दै   श्रीहरि सेक्युरिटिजलाई दश लाख जरिवाना तोकेको छ  ।  साथै यी दुई ब्रोकरका प्रमुखलाई ५० हजार जरिवाना तोकेको छ । 

हेर्नुस बोर्डको बिज्ञप्ति 





 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved