प्रभु र आइएमई क्यापिटलले सकारे आरएसडिसी लघुवित्तको लिलामीको शेयर, कट अफ मूल्य कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 09, 2018 | 05:57:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीको शेयरको बोलपत्र खोल्ने काम अन्तिम चरणमा पुगेको छ। लिलामीमा सर्वसाधारण तर्फ प्रति कित्ता ८०३ रुपैयाँ र संस्थापक तर्फ १३० रुपैयाँ वा त्यो भन्दा माथि कबुल्नेले आरएसडिसीको शेयर प्राप्त गर्ने प्रारम्भिक तथ्यांकले देखाएको छ। 

आरएसडिसीले हकप्रदमा अवितरित १ लाख ९५ हजार ७०७ कित्ता शेयर पुष ११ देखि पुष १८ गतेसम्म लिलाम मार्फत बिक्रि खुला गरेको थियो। लिलाममा संस्थापक तर्फ कट अफ मुल्य १३० रुपैयाँ र साधारण तर्फ ८०३ रुपैयाँ रहेको शेयर निस्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ। यो तथ्यांक प्रारम्भिक भएकाले केहि थपघट हुन सक्ने बताईएको छ। 

लघुवित्तले सर्वसधारण तर्फ ९३ हजार २७ कित्ता शेयर र संस्थापकतर्फ १ लाख २ हजार ६८० कित्ता शेयर लिलाममा राखेको थियो। संस्थापक तर्फको शेयरमा संस्थागत बोलकबोल दाता हाबी भएका छन।

आरएसीडिसीको लिलामको शेयरमा संस्थागत लगानीकर्ताको तर्फबाट बोलपत्र पेश गरेको प्रभु क्यापिटलले ९९९ रुपैयाँमा ५ हजार कित्ता, ग्लोबल आइएमइ क्यापिटलले ११२० रुपैयाँमा २ हजार कित्ता, ग्लोबल आईएमई समुन्नत योजनाले ११०६ रुपैयाँमा ५ हजार कित्ता, एनआईबिएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित प्रगति फण्ड र समृद्धि फण्डले ९०९ रुपैयाँमा २ हजार ७५० कित्ता साधारण शेयर प्राप्त गरेका छन।     

प्राप्त जानकारी अनुसार सर्वसाधारण तर्फको शेयरमा अधिकतम १३०० रुपैयाँसम्म बोलपत्र परेको छ। जबकी दोस्रो बजारमा लघुवित्तको शेयर प्रति कित्ता ११८५ रुपैयाँमा कारोबार भईरहेको छ।

लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ९६ लाख खुद मुनाफा गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved