एनआईसी एसिया बैंकको ऋणपत्र बाँडफाँड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 09, 2018 | 08:11:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले जारी गरेको ऋणपत्र (डिवेन्चर)को बाँडफाँड भएको छ। बैंकले पुष १३ देखि पुष २१ सम्म बिक्रि खुला गरेको ऋणपत्र पुष २५ मा बाँडफाँड गरेको हो। 

बैकले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा सम्पूर्ण रकमका लागि आबेदन परेको बैंकले जनाएको छ। आवेदक सबैले ऋणपत्र पाएका छन्। ऋणपत्रको बिक्री सकिएपछि पुस २१ गते आवेदन बन्द गरिएको थियो। 

ऋणपत्र बाँडफाँड भएको दिन अर्थात पुष २५ गतेदेखि नै लागू हुनेगरि डिबेन्चरधनीहरुले अर्ध वार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्ने बैंकले जनाएको छ।निकट भविष्यमा उक्त डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भई डिबेन्चरधनीहरुले डिबेन्चरको खरिद बिक्रि गर्न सक्नेछन।  

विगतको दशक देखी बैंकिङ्ग क्षेत्रमा कायम रहेको व्याजदरको स्थितिलाई मध्यनजर गर्दा ७ वर्षको अवधिका लागि ९ प्रतिशत व्याजदरलाई लगानीका लागि उत्कृष्ट अवसरका रुपमा लिन सकिने बैंकको दाबि छ। बैंकले जारि गरेको नेपालकै हालसम्मकै सर्वाधिक उच्च राशीको डिबेन्चर नेपालको पूँजी बजारमा धितोपत्र बजारको विकासमा कोशेढुंगा सावित हुने विश्वास बैंकको छ।     

७ वर्षे अवधिको यो ऋणपत्र पूँजी बजारको विकासमा कोशेढुंगा सावित हुने बैंकको विश्वास छ। बैंकहरुमा लगानीयोग्य रकमको अभावका बाबजुत ऋणपत्रमा आकर्षण देखिएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved