18 Jul, 2018 | २ श्रावण २०७५ | बुधवार




Bizpati Reporter

Follow us on

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले माघ १५ गतेदेखि हकप्रद निष्काशन गर्ने

Posted on:January 10, 2018

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले माघ १५ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । फाइनान्सले १०:८.३ को अनुपातमा ८३ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । अब कम्पनीले २८ लाख ६७ हजार २ सय २५ दशमलव ६२ कित्ता हकप्रद निष्काशन गर्ने छ ।

 हकप्रद निष्काशन प्रयोजनार्थ फाइनान्सले पुस ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । आज पुस २६  गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । लगानीकर्ताले फागुन २० गतेसम्म हकप्रद भर्न सक्ने छन्  । हकप्रद निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

लगानीकर्ताले सिद्दार्थ क्यापिटलको कार्यालय नक्साल, श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सका शाखाहरु र आश्वामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्  । 

  हाल कम्पनीको चुक्ता पुंजी ३४ करोड ५४ लाख रहेकोमा हकप्रद बिक्रिपछि कम्पनीको चुक्ता पुंजी ६३ करोड २० लाख पुग्ने छ ।  

Share your thoughts!

Loading...

Trending