हकप्रद निष्काशनको लागि एसियन लाइफ इन्स्योरेन्सको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2018 | 09:21:08 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियन लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ ।  कम्पनीले १० बराबर ५ कित्ता शेयर अर्थात ५० प्रतिशतका दरले ४० करोड २७ लाख बराबरको ४० लाख २७ हजार कित्ता हकप्रद बिक्रि गर्न लागेको  हो। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ। 

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ ७ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने छन् । 

हकप्रद बिक्रि तथा बितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी १ अर्ब २१ करोड पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ८० करोड ५५ लाख छ। बिमा समितिले तोकेको चुक्ता पुंजी २ अर्ब पुर्याउन इन्स्योरेन्सले ७९ करोड पुंजी थप्नुपर्नेछ। इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved