मेगा बैंकले गर्यो लाभांश घोषणा, चुक्ता पुंजी ८ अर्ब नाघ्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2018 | 10:59:20 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले लाभांश घोषणा गरेको छ। बैंकको पुस २५ गते बसेको संचालक समितिको बैठकले ६५ प्रतिशत हकप्रद पछि जारी पुँजीको ९.४५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो 

बैठकले ६५ प्रतिशत हकप्रद पछि कायम भएको ७ अर्ब ३७ करोड ६७ लाखको ९.४५ प्रतिशतले हुन् आउने ६९ करोड ७१ लाख २ हजार १ सय ६८ रुपियाँ १२ पैसा बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रस्तावित बोनस वितरण पछि बैंकको चुक्ता पुंजी ८ अर्ब ७ करोड पुग्ने छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved