नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले हकप्रदले समेत पाउने गरी २.२६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुंजीको ४.५२ प्रतिसत बोनस प्रस्ताव गरेपछि हकप्रद बिक्रि वितरण पश्चात कायम हुने पुंजीलाई समेत आधार मान्दा बोनस प्रतिशत २.२६ हुने भएको हो ।
कम्पनीले ७ लाख १९ हजार २५ रुपियाँ ५३ पैसा बराबरको नगद लाभांश समेत प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्ता पुंजी ३० करोड १९ लाख ८८ हजार रहेको छ । कम्पनीले शत प्रतिशत हकप्रद निष्काशनको प्रक्रिया अगाडी बढाएको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी ६० करोड ३९ लाख ७७ हजार पुग्ने छ ।
२.२६ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुंजी ६१ करोड ७६ लाख ३८ हजार पुग्ने छ ।
कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण हुने छ ।
सरकारले ८३ हजार कर्मचारीलाई लक्षित गरी स्वेच्छिक अवकाशको प्य
बैसाख ३१ मा सम्पन्न भएको स्थानीय तह निर्बाचनको अन्तिम मत परि
भोली बिहिबार काठमाडौँ उपत्यकामा सार्बजनिक विदा हुने भएको छ&n
सरकारले भोली शुक्रबार अर्थात मङ्सिर १५ गते सार्वजनिक बिदा दि