उन्नति माइक्रोफाइनान्सको आइपीओमा अत्यधिक आबेदन, २ लाख ३३ हजारले शेयर नपाउने निश्चित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 10, 2018 | 05:19:42 PM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्सले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर (आइपीओ) मा अत्यधिक आबेदन परेको छ। माइक्रोफाइनान्सले पुष २१ देखि पुस २५ सम्म निष्काशन गरेको १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओमा ५३ गुणा बढी आबेदन परेको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ। 

क्यापिटलका अनुसार सर्वसाधारणका लागि छुट्याइएको १ लाख ५० हजार १ सय ५० कित्ता शेयरमा २ लाख ४९ हजारबाट ७९ करोड २ लाखको  आबेदन परेको छ। उक्त आबेदन माग भन्दा झन्डै ५३ गुणाले बढी हो। 

उन्नतिले निष्काशन गरेको कुल १ लाख ६५ हजार कित्ता मध्ये ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको छ।

अर्थात सर्वसाधारणका लागि छुट्याइएको १ लाख ५० हजार १ सय ५० कित्ता शेयरमा सबै आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गर्दा मात्र १५ हजार १५ जनाले मात्र उन्नतिको शेयर प्राप्त गर्नेछन। यस आधारमा प्रत्येक १०० जना आवेदक मध्ये मात्र ६ जना अर्थात ६ प्रतिशतले मात्र उन्नतिको शेयर प्राप्त गर्नेछन। बाँकी ९४ प्रतिशतको हात रित्तो हुने निश्चित छ। आइपीओको बाँडफाँड समयमै हुने क्यापिटलले जनाएको छ।      

हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड ८५ लाख रहेकोमा आईपिओ निष्काशनपछि चुक्ता पुंजी ५ करोड नाघ्ने छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४५ लाख ११ हजार खुद मुनाफा गरेको छ। रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved