सामुदायिक लघुवित्तले माघ ९ गते देखि आईपिओ निष्काशन गर्ने, कति कित्ताको लागि आवेदन दिनु उचित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2018 | 08:51:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ९ गते देखि साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले 

 ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गर्न लागेको हो। 

लगानीकर्ताले छिटोमा माघ १२ सम्म र ढिलोमा फागुन ८ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन् ।  लगानीकर्ताले न्यूनतंम ५० कित्ता र अधिकतम १५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर ५० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन। 

कम्पनीले ४ प्रतिशत अर्थात् १२ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामुहिक लगानी कोषको लागे छुट्याएको छ । 

लगानीकर्ताले आश्वा सदस्य रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी १० करोड पुग्नेछ भने शेयर स्वामित्व संस्थापक तर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको छ। लघुवित्तले हाल ३२ वटा शाखा मार्फत १५ जिल्लामा लघुवित्त सेवा दिंदै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved