18 Jul, 2018 | २ श्रावण २०७५ | बुधवार




Bizpati Reporter

Follow us on

रिलायन्स फाइनान्सको हकप्रद भर्ने म्याद थप, उपत्यका भित्र र बाहिर कहाँ दिने आवेदन

Posted on:January 11, 2018

रिलायन्स फाइनान्स लिमिटेडले  हकप्रद भर्ने म्याद थप गरेको छ   । कम्पनीले  मङ्सिर २२ गतेदेखि  ४५ प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ । यस अघि कम्पनीले पुस २७ गतेसम्म हकप्रद भर्न सकिने जनाएकोमा अब म्याद थप गरी माघ १२ गते सम्म हकप्रद भर्ना सकिने जानकारी दिएको हो  ।  

  फाइनान्सले २३ करोड ६ लाख बराबरको सय रुपियाँ अंकित २३ लाख ६ हजार ५ सय ७१ दशमलव ६० कित्ता हकप्रद बिक्रि गरिरहेको हो   । हकप्रद निष्काशनको लागि सनराइज क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ  । 

  हकप्रद प्रयोजनको लागि कम्पनीले मङ्सिर ८ गते बुक क्लोज तय गरेकाले मङ्सिर ७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । 

लगानीकर्ताले उपत्यका भित्र  सनराइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी र रिलायन्स फाइनान्सको शाखा कार्यालयहरु बाट आवेदन दिन सक्ने छन्  । उपत्यका बाहिर भने रिलायन्स फाइनान्सका शाखाहरु महेन्द्र पुल पोखरा, नारायणगढ चितवन, बेशीशहर लमजुंग, जनागाल बनेपा काभ्रे, आरुघाट पोखरा र चारआली झापाबाट आवेदन दिन सकने छन्  ।  त्यस्तै सनराइज बैंकका शाखाहरु विराटनगर, बिरगंज, बुटवल, धरान , नेपालगन्ज, लहान, दमक र राजविराजबाट पनि आवेदन दिन सक्ने छन्  । 

हाल कम्पनीको चुक्ता पुंजी ५१ करोड २५ लाख रहेकोमा ४५ प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पुंजी ७४ करोड ३२ लाख पुग्ने छ  ।  कम्पनीले गत आर्थिक बर्ष २ करोड ५० लाख खुद नाफा कमाएको थियो  ।  

Share your thoughts!

Loading...

Trending