अरुण अब हाथवे फाइनान्समा रुपान्तरण, १८० प्रतिशत हकप्रद पारित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 11, 2018 | 03:55:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण फाइनान्स कम्पनी हाथवे फाइनान्समा रुपान्तरण भएको छ। कम्पनीको बिहिबार सम्पन्न २१ औं बार्षिक साधारणसभाले अरुण फाइनान्सको नाम र लोगो परिवर्तन गर्दै हाथवे फाइनान्समा रुपान्तरण गर्ने प्रस्ताब पारित गरेको हो। 

हाथवे फाइनान्समा रुपान्तरण भएको यस कम्पनीले चुक्ता पुंजी वृद्धि गर्नका लागि १८० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब समेत पारित गरेको छ। १८० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ८४ करोड पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ३० करोड रहेको छ। 

धरानमा सम्पन्न साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अम्बिका प्रसाद पौडेल, लिलानाथ अधिकारी र प्रकाश तिवारीलाई संचालकमा निर्वाचित गरेको छ। 

साथै कम्पनीले मर्जर तथा एक्वीजिशन गर्न आवश्यक सम्पुर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ। त्यस्तै सभाले संस्थाको सेयर स्वामित्व नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक सेयर ५१ र सर्वसाधारण सेयर ४९ प्रतिशत कायम गर्ने निर्णय गरेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved