सानिमा बैंकका सेयरधनीलाई बोनस पाउन सास्ती, कहिलेसम्म सेयर किनेकाले तिर्नुपर्छ कर ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 11, 2018 | 08:28:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले बोनस लिनका लागि त्यसबापत लाग्ने कर बापतको रकम बुझाउन आग्रह गरेको छ। बैंकले बोनसमा लाग्ने कर रकमको व्यवस्था नगर्दा सेयरधनीहरुले बोनस पाउन शाखा कार्यालयमा पुगेर कर तिर्ने सास्ती पाएका हुन। 

बिहिबार एक सूचना जारि गर्दै बैंकले बोनसमा लाग्ने कर रकम बैंकको शाखा कार्यालयमा गएर सो बुझाउन आग्रह गरेको हो। बैंकले कर रकम सानिमा बैंकमा रहेको क्यापिटलको खाता नम्बर ००१०००१०६०७०७ मा जम्मा गर्न भनेको छ। बैंकले गत असोज २९ गते सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताब पारित गरेको हो। 

बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्नु अघि कायम सेयरधनीहरुले बोनस शेयरका लागी कर तिर्नु नपर्ने सानिमा बैंकले जनाएको छ। सानिमाले बागमतीलाई ४१ प्रतिशत स्वाप अनुपातमा प्राप्ति गरि गत पुष २९ देखि एकीकृत कारोबार थालेको हो। 

त्यसैले २०७३ पुष २८ गते पश्चात सानिमा बैंकको शेयर खरिद गर्ने सेयरधनीहरुले बोनसमा लाग्ने कर बुझाउनुपर्ने हुन्छ। कर रकम बैंकमा जम्मा गरिसकेपछि बैंकको शाखा कार्यालय वा क्यापिटलको कार्यालय नारायणचौर, नक्सालमा सम्पर्क राखी बोनस हितग्राही खातामा नै बोनस प्राप्त गर्न सक्नेछन् ।

२०७३ पुष २८ अगाडी कायम सेयरधनीहरुले भने बैंकको सेयर पुष २५ मा सुचिकृत भईसकेकाले उनीहरुले आफ्नो डिम्याट खातामा नै बोनस सेयर प्राप्त गर्ने बैंकको सेयर रजिष्ट्रार सानिमा क्यापिटलले जनाएको छ।  

बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात दोस्रो बजारबाट सानिमा बैंकको सेयर खरिद गरेका सेयरधनीहरुले भने १६ प्रतिशत बोनस सेयर बापत लाग्ने कर तिर्नु पर्ने बैंकले जनाएको छ। राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन दिनका लागी मर्जर,एक्जिविसन वा एक्वायर गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई २ आर्थिक बर्षका लागी लाभांशमा लाग्ने करमा छुट दिएको छ।

बैंकले बोनस बापत लाग्ने कर बापतको लाभांशको व्यवस्था नगर्दा लाखौं सेयरधनीहरुले दुख पाएका हुन। काठमाडौं लगायतका शहरहरुमा हुने सेयरधनीहरुले केहि समय लगानी गरि कर बापतको रकम बुझाउन सक्ने भएपनि दुरदराजका सेयरधनीहरुले भने १६ प्रतिशत बोनस सेयर प्राप्त गर्न दुख भोग्नु पर्नेछ। 

साधारणसभा प्रयोजनका लागि असोज ६ का लागि बुक क्लोज गर्ने निर्णय भएकाले असोज ४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सानिमा बैंकको १६ प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन। 

१६ प्रतिशत बोनस सेयर वितरणपछी सानिमा बैंकको चुक्ता पुंजी ८ अर्ब नाघेको छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ। 

बोनसमा लाग्ने करको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved