हकप्रद निष्काशन प्रयोजनार्थ फर्स्ट माइक्रोफाइनान्सको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2018 | 08:39:01 AM मा प्रकाशित

laxmi  sunrise bank

फस्ट माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्थाले हकप्रद निष्काशन प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ ।    कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो    । 

अब कम्पनीले २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रद निष्काशन गर्ने छ। हकप्रद निष्काशनको लागि ग्लोबल आईएमइ क्यापिटल बिक्रि प्रबन्धक चयन भएको छ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ ९  गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ ८ गते सम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । 

कम्पनीको असोज ८ गतेको साधारणसभाले १५ प्रतिशत बोनस प्रस्ताव र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभाश प्रस्ताव र बोनस वितरणपछि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।  

 कम्पनीले गत बर्ष ८ करोड २ लाख रुपियाँ खुद नाफा गरेको थियो।  हाल कम्पनीको चुक्ता पुंजी ३९ करोड ६७ लाख रहेकोमा १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ६८ करोड ४३ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved