सूर्या लाइफले माग्यो हकप्रद बिक्रि गर्ने अनुमति, २ अर्ब पुर्याउन कति दिनुपर्छ बोनस ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 12, 2018 | 08:46:31 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद बिक्रि गर्ने अनुमति माग्दै सूर्या लाइफ इन्स्योरेन्सले धितोपत्र बोर्डमा आबेदन दिएको छ। इन्स्योरेन्सले १० बराबर ४ कित्ता सेयर अर्थात ४० प्रतिशतका दरले २८ करोड ८७ लाख रुपैयाँ बराबरको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। 

इन्स्योरेन्सले चुक्ता पुंजी २ अर्ब पुर्याउने योजना अन्तर्गत हकप्रद बिक्रिको अनुमोदनका लागि बोर्डमा आबेदन दिएको हो। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।  

४० प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी १ अर्ब १ करोड पुग्नेछ। हाल कम्पनीको चुक्ता पुंजी ७२ करोड १८ लाख छ। कम्पनीले चुक्ता पुंजी २ अर्ब पुर्याउन करिब १ अर्ब पुंजी थप गर्नुपर्नेछ। यसका लागि कम्पनीले बोनस र हकप्रद मार्फत बाँकी पुंजी पुर्याउन सक्ने सम्भावना छ। कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५ करोड २२ लाख खुद मुनाफा आर्जन गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved